Posts

Showing posts from September, 2021

Indra Jatra (Ranjana Lipi [Kutakahar])

Image
 it's an #anilsthapit design'2021 ।। लिपि मोह तथा परम्परागत पर्वलाई सम्मान ।।                                       परापूर्वकालदेखि कान्तिपुर (काठमाडौं) मा नेवार समुदायले उल्लास अनि भव्य तवरले मनाउँदै आएको महत्वपूर्ण पर्व 'इन्द्रजात्रा' (को नामलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राखेकोछु ।                  ' इन्द्रजात्रा  ' लाई नेपाल भाषामा " येँन्या: ' ( ' येँ ' भनेको कान्तिपुर/राजा इन्द्र  र 'न्या:' भनेको कान्तिपुरमा मनाउने जात्रा) भनिन्छ ।                  ८ दिनसम्म मनाईने यस जात्रा(festival)मा लिङ्गो ध्वजा स्थापना, कुमारी, गणेश अनि भैरवको रथयात्राको साथै लाखेनाच, पुलुँ किसीका साथै विभिन्न अन्य नाच, आकाश भैरवको मूर्तिलाई हनुमानढोका/इन्द्रचोकमा खुल्ला प्रदर्शन तथा अन्य कार्यक्रम गरि हर्ष उल्लासका साथ मन...

Sukmit Gurung (Ranjana Lipi [Kutakahar])

Image
 it's an #anilsthapit design'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि ८० दशकमा लोक र आधुनिक गीतको दबदबालाई चिर्दै नेपाली पप गीत गाउने पहिलो गायिका सुकमित गुरुङज्यूको नाम लेखेकोछु ।                     ४ दशकदेखि मीठो अनि बुलन्द स्वरका धनी सुकमित गुरुङले 'ओ मेरो प्रीयतम', 'रेलीलाई रेलीमाई', 'बोल बोल (चलचित्र : झुमा)', 'चञ्चले चञ्चले गण्डकी अञ्चले', 'यो जुनेली रात' 'चिसो बतासले' 'पल पल तिम्रो सम्झनामा' जस्ता कैयौं राम्रा राम्रा गीतहरूले श्रोता/दर्शकको मन जितेकी छिन् । वहाँको पहिलो रेकर्डेड गीत ' सुनचाँदीभन्दा महङ्गो यो ज्यानलाई ' King of Pop ओम विक्रम विष्टसँग युगल गीत हुन् । #SukmitGurung #Ranjanalipi  #Kutakshar रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :   ...

Yogeshwar Amatya (Ranjana Lipi [Kutakahar])

Image
 it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि नेपाली पप गायनमा आफ्नो छुट्टै शैलीले सबैको मन जित्न सफल गायक योगेश्वर अमात्यज्यूको नाम लेखेकोछु ।  #YogeshwarAmatya #Ranjanalipi  #Kutakshar  रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषताको बारे comment box मा राखेकोछु, ईच्छुकले  हेर्न नबिर्सनु होला।  रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :                 लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् । १. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै...

Ram Krishna Dhakal (Ranjana Lipi [Kutakahar])

Image
 it's an #anilsthapit design'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि सर्वप्रिय गायक रामकृष्ण ढकालज्यूको नाम लेखेकोछु ।                                      लोकप्रियतामा नेपाली सुगम सङ्गीत क्षेत्रमा युवा पुस्ताको सबैभन्दा अग्रपंक्तिमा रहेका रामकृष्ण ढकाल सानै उमेरदेखि गीत गाउन थालेका हुन् । १४ वर्षको उमेरमा पहिलो एल्बम 'रामकृष्ण ढकाल सुमधुर साँझ (वि.सं. २०४५ साल)' मा तत्कालीन समयमा सर्वाधिक बिक्री भएकाहरू मध्ये एक थिए भने युवाअवस्थामा प्रकाशनमा ल्याएको दोश्रो 'आशीर्वाद' र तेस्रो 'आशा' एल्बमको अपार सफलताले उनलाई सुगम सङ्गीतमा सर्वश्रेष्ठ गायकको रूपमा स्थापित गरायो । #RamkrisnaDhakal #Ranjanalipi  #Kutakshar रञ्जना लिप...

Anil Singh (Ranjana Lipi [Kutakahar])

Image
 it's an #anilsthapit design & photogrphy'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि प्रख्यात पप गायक अनिल सिंहज्यूको नाम लेखेकोछु ।                                      स्वरमा एक अलग्गै शैली भएका अनिल सिंहको दोश्रो एल्बम 'MHz' त्यस सालको सर्वाधिक बिक्री हुनुको साथै तत्कालीन समयमा नेपालमा आयोजित सबै प्रतिष्ठित सबै अवार्डहरू पाउन सफल भएका थिए । यसमा समावेश सबै गीतहरू निक्कै राम्रा अनि चर्चित छन् । #AnilSingh #Ranjanalipi  #Kutakshar रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :                 लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरच...

Tara Devi (Ranjana Lipi [Kutakahar])

Image
 it's an #anilsthapit design'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि नारी स्वरमा नेपाली साङ्गीतिक क्षेत्रका सबैभन्दा अव्वल अनि जादुमय स्वरका धनी गायिका 'स्वर किन्नरी' तारादेवीज्यू (वि.सं. २००२-२०६२)को नाम लेखेकोछु ।                        नेपाली सङ्गीतको इतिहासलाई उन्नतिको शिखरमा पुर्याउने तारादेवी नेपाली गायनकी चम्किली तारा हुन् । वहाँले जति पनि गीतहरू गाइन् ती सबै सदाबहार र प्रसिद्ध छन् ।पुरानो काँटको गायनशैलीलाई बदलिएर 'पहिलो आधुनिक गायिका'को खिताब पाउने गायिका हुन् तारादेवी ।                                        वहाँ नेपालभित्र रेकर्डिङ गरेको पहिलो गी...