Indra Jatra (Ranjana Lipi [Kutakahar])
it's an #anilsthapit design'2021
।। लिपि मोह तथा परम्परागत पर्वलाई सम्मान ।।
परापूर्वकालदेखि कान्तिपुर (काठमाडौं) मा नेवार समुदायले उल्लास अनि भव्य तवरले मनाउँदै आएको महत्वपूर्ण पर्व 'इन्द्रजात्रा' (को नामलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राखेकोछु ।
' इन्द्रजात्रा ' लाई नेपाल भाषामा " येँन्या: ' ( ' येँ ' भनेको कान्तिपुर/राजा इन्द्र र 'न्या:' भनेको कान्तिपुरमा मनाउने जात्रा) भनिन्छ ।
८ दिनसम्म मनाईने यस जात्रा(festival)मा लिङ्गो ध्वजा स्थापना, कुमारी, गणेश अनि भैरवको रथयात्राको साथै लाखेनाच, पुलुँ किसीका साथै विभिन्न अन्य नाच, आकाश भैरवको मूर्तिलाई हनुमानढोका/इन्द्रचोकमा खुल्ला प्रदर्शन तथा अन्य कार्यक्रम गरि हर्ष उल्लासका साथ मनाईन्छ । थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरवार परिसर यो जात्राको उद्गम (origin) स्थल हुन् ।
(इन्द्रजात्राको बारेमा तपाईंहरूले जानेका अन्य कुनै केही महत्वपूर्ण जानकारी भएमा वा मैले लेखिएकोमा केही त्रुटि भएमा comment box मा लेखिदिनु हुन आग्रह गर्दछु 🙏।)
#IndraJatra
#Ranjanalipi #kutakshar
रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक-एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषतारञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।
Comments
Post a Comment