Tara Devi (Ranjana Lipi [Kutakahar])
it's an #anilsthapit design'2021
।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि नारी स्वरमा नेपाली साङ्गीतिक क्षेत्रका सबैभन्दा अव्वल अनि जादुमय स्वरका धनी गायिका 'स्वर किन्नरी' तारादेवीज्यू (वि.सं. २००२-२०६२)को नाम लेखेकोछु ।
नेपाली सङ्गीतको इतिहासलाई उन्नतिको शिखरमा पुर्याउने तारादेवी नेपाली गायनकी चम्किली तारा हुन् । वहाँले जति पनि गीतहरू गाइन् ती सबै सदाबहार र प्रसिद्ध छन् ।पुरानो काँटको गायनशैलीलाई बदलिएर 'पहिलो आधुनिक गायिका'को खिताब पाउने गायिका हुन् तारादेवी ।
वहाँ नेपालभित्र रेकर्डिङ गरेको पहिलो गीतमा गाउने पहिलो गायिका हुन् जुन गीत प्रेमध्वज प्रधानसँग वि.सं. २०१३ सालमा युगल राष्ट्रिय गीत ' यो नेपाली शिर उचाली संसारमा लम्किन्छ ' थिए जस्को रचना भूपी शेरचन अनि सङ्गीतकार नातिकाजी हुन् । साथै रचनाकार किरण खरेलको शब्दमा 'जाने त भैगो भैगो चिट्ठी आएन' गीत रेडियो नेपालद्वारा आयोजित "आधुनिक गीत सम्मेलन (प्रतियोगिता)" मा स्वर र सङ्गीत दुवै तर्फ 'प्रथम' (वि.सं. २०३३) हुने पहिलो गायिका पनि हुन् तारादेवी ।
(शब्द साभार : नेपाली सङ्गीतमा नारी
लेखक : Raja Ram Phuyal)
#TaraDevi
#Ranjanalipi #Kutakshar
रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक-एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषतारञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।
Comments
Post a Comment