Abhinas Ghising (Ranjana Lipi [Kutakahar])
it's an #anilsthapit design & photography'2022
।। लिपि मोह तथा नेपालीका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
श्रष्टा/प्रस्तोताहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै र्याप अनि पप गायक अभिनास घिसिङज्यूको नाम लेखेकोछु ।
साढे दुई दशक नेपाली गीतसङ्गीतमा होमिएको अभिनास घिसिङको सृजना गर्ने प्राय शब्द अनि सङ्गीतमा ठेट नेपालीपनको सुगन्ध हुन्छन् । उनको 'सुनको बाला', 'ल्हासाको चिसो', 'चम्पा', 'कलकत्ते काइयो (रिमिक्स)' लगायत अन्य गीतहरू अत्याधिक चर्चित छन् ।
#AbhinasGhising
#Ranjanalipi #Kutakshar
मेरो शब्द (जीवन दर्शन) र Kalyan Singh कोसङ्गीतमा पनि अभिनासले एउटा गीत गाएको छ जसको link
https://youtu.be/8YUHoXgrOmg
रञ्जना लिपि 'कुताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कुताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक-एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कुताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।
Comments
Post a Comment