Manila Sotang (Ranjana Lipi [Kutakahar])
it's an #anilsthapit design & photography'2022
।। लिपि मोह तथा नेपाली मूलका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
श्रष्टा/प्रस्तोताहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै कर्णप्रिय स्वरकि धनी मनिला सोताङज्यूको नाम लेखेकोछु ।
साढे तीन दशकदेखि आफ्नो सुरिलो स्वरले श्रोताहरूलाई मन्त्रमुग्ध बनाउन सफल मनिला सोताङका कैयौं गीतहरू कालजयी छ्न् ।
मनिला सोताङको नाम आउने बितिक्कै साथमा मखमली स्वर भएका वहाँको श्रीमान उदय सोताङको नाम स्वाभाविक रूपमा जोडिन्छ । वहाँहरूको हालसम्म सबै गीति एल्बमहरू (उ अनि म को ...) संयुक्त रूपमा नै प्रकाशनमा आएका छन् । वहाँहरू नेपाली साङ्गीतिक क्षेत्रमा एक सफल आइडल जोडीको रूपमा प्रख्यात छ्न् । उदय सोताङज्यूको नाम गत हप्ता राखिसकेकोछु ।
#ManilaSotang
#Ranjanalipi #Kutakshar
रञ्जपना लिपि 'कुताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कुताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक-एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कुताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।
Comments
Post a Comment