Lata Mangeshkar (Ranjana Lipi [Kutakahar])
it's an #anilsthapit design'2022
।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
" सङ्गीतको भाषा हुँदैन ।"
छिमेकी राष्ट्र भएकैले होला भारतिय सिनेमाका गीतबाट सायदै अपवाद बाहेक सङ्गीतमा रमाउने हामी जो कोही नेपालीले नसुनेको वा सुनेर प्रभावित नभएको होलान् । म विश्वस्त छु कि मेरो सङ्गीतप्रतिको लगावपनि बाल्यकालदेखि नै ती सदाबहार गीतहरू सुनेर नै भएको हो । हुन त त्यहाँ एकसे एक गायक/गायिकाहरू छन्/थिए, त्यसमध्ये पनि बाल्यकालदेखि आजको दिनसम्म पनि मैले सुन्ने गरेको ३ अद्वितीय असाध्य सुरिलो स्वरहरू जसको आजसम्म पनि विकल्प नै छैनन् , वहाँहरू लता मंगेशकरज्यू, मोहम्मद रफीज्यू र किशोर कुमारज्यू हुन् जसको स्वरको वर्णन गर्न मेरो शब्दकोषमा शब्दहरू नै प्रयाप्त छैन । एकचित्त भएर वहाँहरूको गीत श्रवण गर्दा आनन्दको सिमा नै रहँदैन ।
ती 'महान' श्रष्टा/प्रस्तोतालाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई पनि तपाईंहरूको शुभेच्छा अनि अपेक्षा राख्दै सङ्गीतको दुनियामा श्रद्धाका साथ 'माँ सरस्वती' भनि सम्बोधन गरिने श्रद्धेय लता दिदी (लता मंगेशकरज्यू)को नाम लेखेकोछु ।
यी ३ पछि विस्तारै अरू केही भारतिय र विदेशी श्रष्टा/प्रस्तोताको नाम लेखिने प्रयास गर्छु ।
#LataMangeshakar
#Ranjanalipi #Kultakshar
रञ्जना लिपि 'कुताक्षर' संरचनाको विशेषताको बारे comment box मा राखेकोछु, ईच्छुकले हेर्न नबिर्सनु होला ।
रञ्जपना लिपि 'कुताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कुताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक-एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कुताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।
Comments
Post a Comment