Kishore Kumar (Ranjana Lipi [Kutakahar])
it's an #anilsthapit design'2022
।। लिपि मोह तथा श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
" सङ्गीतको भाषा हुँदैन ।"
छिमेकी राष्ट्र भएकैले होला भारतिय सिनेमाका गीतबाट सायदै अपवाद बाहेक सङ्गीतमा रमाउने हामी जो कोही नेपालीले नसुनेको वा सुनेर प्रभावित नभएको होलान् । म विश्वस्त छु कि मेरो सङ्गीतप्रतिको लगावपनि बाल्यकालदेखि नै ती सदाबहार गीतहरू सुनेर नै भएको हो । हुन त त्यहाँ एकसे एक गायक/गायिकाहरू छन्/थिए, त्यसमध्ये पनि बाल्यकालदेखि आजको दिनसम्म पनि मैले सुन्ने गरेको ३ अद्वितीय असाध्य सुरिलो स्वरहरू जसको आजसम्म पनि विकल्प नै छैनन् , वहाँहरू किशोर कुमारज्यू, मोहम्मद रफीज्यू र लता मंगेशकरज्यू हुन् जसको स्वरको वर्णन गर्न मेरो शब्दकोषमा शब्दहरू नै प्रयाप्त छैन ।
एकचित्त भएर वहाँहरूको गीत श्रवण गर्दा आनन्दको सिमा नै रहँदैन ।
ती 'महान' श्रष्टा/प्रस्तोतालाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई पनि तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै बहुआयामिक स्वरका मालिक श्रद्धेय किशोर दा (किशोर कुमारज्यू)(1929-1987AD) को नाम लेखेकोछु ।
यी ३ पछि विस्तारै अरू केही भारतिय र विदेशी श्रष्टा/प्रस्तोताको नाम लेखिने प्रयास गर्छु ।
#KishoreKumar
#Ranjanalipi #Kutakshar
रञ्जपना लिपि 'कुताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कुताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक-एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कुताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।
Comments
Post a Comment