Aruna Lama (Ranjana Lipi [Kutakahar])
it's an #anilsthapit design'2022
।। लिपि मोह तथा नेपाली मूलका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
श्रष्टा/प्रस्तोताहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै 'स्वरकिन्नरी' पदवी पाएकी अरुणा लामाज्यू (1945-1998 AD)को नाम लेखेकोछु ।
'पोहर साल खुसी फाट्दा', 'उदास मेरो जीवन कथा', 'ए कान्छा मलाई सुनको तारा', 'एक्लै बस्दा सधैं मलाई', 'फूललाई सोधें', 'हेर न हेर कान्छा', हिमालसरि (चलचित्र: कान्छी), 'सबैले भन्थे', लगायत थुप्रै कालजयी गीतहरू छन् अरुणा लामाको ।
#ArunaLama
#Ranjanalipi #Kutakshar
रञ्जना लिपि 'कुताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कुताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक-एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कुताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।
Comments
Post a Comment