Bachchu Kailash (Ranjana Lipi [Kutakahar])
it's an #anilsthapit design & photography'2021
।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै अद्वितीय गायक श्रद्धेय बच्चु कैलाशज्यूको नाम लेखेकोछु ।
'टाढा टाढा जानुछ साथी एकफेर हाँसीदेऊ', 'तिमीले त होईन तिम्रा आँखाहरूले', त्यो आंखाले लौन मलाई मार्यो', 'नभनी देऊ मेरो मायाछ भनेर', 'कल्पनाको गगन' ,बिर्सेको भए मनका कुरा', 'यो हो गीत तिमीलाई', हृदयभरिको मेरो शुभकामना तिमीलाई'', 'फूल टिपेर मायाको (चलचित्र : मनकामना)' लगायत वहाँले गाएका प्राय गीतहरू कालजयी छन् ।
नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित भएर पनि सार्वजनिक हुन नचाहने/नभएका एकमात्र व्यक्ति हुन् बच्चु कैलाश । प्रेस(मिडिया)सँग सदा टाढा रहने वहाँका ३/४ तस्वीर र १/२अन्तर्वार्तामात्र हालसम्म छापेका छ्न् भन्दा फरक नपर्ला ।
यो फोटोको बारेमा सानो प्रसङ्ग
१८ वर्षअघि 2003 AD मा Tourism Board, प्रदर्सनी मार्गमा प्रेमध्वज प्रधान र योगेश वैद्यदाइको गीतहरूलाई नगेन्द्र हाडाज्यूको सुपुत्रद्वय रवि हाडा र Rajesh Hada ले रिमेक गरि निकालेको एल्बम 'परिचय' को विमोचन कार्यक्रमपछि Narendra Kansakar मामाको आग्रहमा Madan Krishna Shrestha दाइ, बच्चु कैलाशज्यू र नरेन्द्र मामालाई मैले क्यामेरामा कैद गरेको तस्वीर हो यो, जुन फोटोलाई मैले comment box मा राखेकोछु ।
#BachchuKailash
#Ranjanalipi #Kutakshar
रञ्जपना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक-एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषतारञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।
Comments
Post a Comment