Arun Thapa (Ranjana Lipi [Kutakahar])
</b>
it's an #anilsthapit design'2021
।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै अद्वितीय गायक आदरणीय अरुण थापाज्यू (1952-1999 AD)को नाम लेखेकोछु ।
विरहका गीतहरूमा आफ्नो मर्मस्पर्शी स्वरले जीवन्त बनाएका अरुण थापाका थुप्रै गीतहरू 'जति माया लाएपनि', चोट के हो व्यथा के हो?', 'म रोएपनि तिमी हाँसी दिनु', 'साँझको जूनसँगै', तिमी हेर्छौ भने', लाग्न थाल्यो जीवनमा' अमर छ्न् भने अर्को तर्फ एउटा विशुद्ध रोमान्टिक गीत 'ऋतुहरूमा तिमी हरियाली बसन्त हौ' गीत 'बिबिसी नेपाली रेडियो'द्वारा 2003 मा आयोजित १६५ देशमा गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षण "Top 10 most popular songs of all time" मा ५ लाखभन्दा बढी मानिसहरूको सहभागितामा गरिएको मतदानमा 'Top 7' परेको गीत हुन् ।
नेपाली साङ्गीतिक क्षेत्रमा आधुनिक गीतलाई फराकिलो बनाउन अरुण थापाले गाएका गीतहरूको विशेष स्थान रहेको छ्न् ।
#ArunThapa
#Ranjanalipi #Kutakshar
रञ्जपना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक-एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषतारञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।
Comments
Post a Comment