Ranjit Gazmer (Ranjana Lipi [Kutakshar])
it's an #anilsthapit design'2021
।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि नेपाली चलचित्रका मेलोडियस् सङ्गीतकार रनजित गजमेरज्यूको नाम लेखेकोछु ।
थोरै चलचित्रमा सङ्गीत दिएपनि प्राय गीतहरू 'कालजयी गीत'हरू बन्न सफल वहाँको पहिलो सङ्गीतबद्ध चलचित्र वि. सं.२०३८ सालमा प्रदर्सित 'बाँसुरी' हुन् भने ४० दशकको सुरुवातमा नेपाली चलचित्रले सुस्तरी-सुस्तरी व्यावसायिक रूप लिए लगत्तै २ दशकसम्म 'सम्झना', 'कुसुमे रूमाल', चिनो', 'लाहुरे', 'साइनो', 'दर्पणछाया', 'मायालु', 'दक्षिणा', 'देउता', 'बासुदेव', 'सपना', 'दुई थोपा आँसु', 'पिरती', 'तृष्णा', 'अन्याय' आदि चलचित्रका गीतहरू तत्कालीन समयमा सुपर हिट हुनुको साथै कालजयी भएका छ्न् ।
वाद्यवादक (मादल, गीतार, तबला, ड्रम्स्)को रूपमा दार्जीलिङबाट वि.सं. २०२४ सालमा काठमाडौं अनि काठमाडौंबाट वि.सं. २०२८ सालमा बम्बई (हाल मुम्बई) गएर हिन्दी सिनेजगतका महान सङ्गीतकार R.D. Burman ज्यूको musician team मा विशेषगरि मादलवादक को कार्यभार सम्हाल्नु भएको थियो । साथै हिन्दी चलचित्र 'हरे राम हरे कृष्ण'को गीत 'कान्छी रे कान्छी रे', 'अजनबी'को 'हम दोनों दो प्रेमी', 'घर' को 'तेरे बिना जीया जाये ना' रनजित गजमेरको धूनबाट प्रभावित भएर R.D. Burman ले सङ्गीत गरेको थिए भनी वहाँ स्वयमले 'गुफ्तगू' नामक TV कार्यक्रममा भनेका छन् ।
परिवारका प्राय सदस्यहरू गीतसङ्गीत अनि चलचित्रमा समर्पित वहाँले ४१ वटा नेपाली चलचित्रमा सङ्गीत दिएका छ्न् भने सिमापारीका थुप्रै नेपाली गायक/गायिकाहरूलाई सुनौलो अवसर दिएका छ्न् । वहाँले सङ्गीतका साथै चलचित्रहरूमा पृष्ठसङ्गीत (background score) पनि दिएका छन् ।
#RanjitGazmer
#Ranjanalipi #Kutakshar रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषतारञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।
Comments
Post a Comment