it's an #anilsthapit design'2021
।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि गायक तथा सङ्गीतकार आदरणीय माणिकरत्न स्थापितज्यूको नाम लेखेकोछु ।
'सङ्गीतकार संघ नेपाल'ले वहाँलाई यहि हप्ता सोमवारका दिन 'अजर-अमर सम्मान २०७८' बाट सम्मानित गर्नुभएको छ ।
- - - - - - - - - - - - - - - - - - - -- - - - - - - - - -
Music Composer Association Nepal को आधिकारिक facebook page मा माणिक रत्नज्यूको बारेमा post गरिएको जानकारीलाई जस्ताको त्यस्तै राखेकोछु ।
मिति- २०७८/०३/१४
नेपाली सुगम तथा चलचित्र संगीतका अति बिशिष्ट गायक तथा संगीतकार आदरणीय माणिक रत्न स्थापित ज्यूलाई संगीतकार संघ नेपालले रु. १००१११/- अक्षेरुपी रु. एक लाख एक सय एघार सहित अजर-अमर सम्मान २०७८ बाट सम्मान गरेको छ । बि सं १९९४ सालमा काठ्माडौको मख्खन टोलमा जन्म लिई २००७ सालमा बालगीतमा स्वर प्रदान गरेर औपचारिक रुपमा गायन कर्म प्रारम्भ गर्नुभएका उहाँद्वारा गाईएका - त्यो खोलाको सङ्लो पानी, म पनि त मानिस हुँ, न आउ जुन कोठामा राती जस्ता दर्जनौ कालजयी गीतहरु ले नेपाली संगीतकाे भण्डारलाई धनी बनाएका छन् । संवत् २०१३ सालमा उहाँ र श्रद्धेय श्री प्रेमध्वज प्रधानज्यू द्वय मिलेर सुरु गरिएको "प्रेम माणिक" नामले कैयौँ कालजयी संगीत सिर्जना नेपाली संगीतलाई प्रदान गरेको छ,जसको एउटा ज्वलन्त उदाहरण प्रेमध्वज प्रधान ज्यू को स्वर तथा प्रेम माणिकको संगीत रहेको 'गोरेटो त्यो गाउँकाे...' लाई लिन सकिन्छ ।
संगीतकार संघले केही समय अघिबाट शुरु गरेको "अजर-अमर श्रष्ठा सम्मान" को अर्को शृङ्खला स्वरूप यो सम्मान वर्तमान असहज परिस्थितिको कारण कुनै प्रकारको सार्वजनिक कार्यक्रम मार्फत हस्तान्तरण गर्न असमर्थ रहेको हुँदा पछिल्लो समय बृद्धावस्था अनि बिभिन्न खाले रोगहरुले आक्रान्त भई लामो उपचार पछि स्वास्थ्यलाभ गरिरहनुभएका माणिकरत्न ज्यू को स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै थोरैको संख्यामा जमघट हुनुपर्ने नेपाल सरकारद्वारा लागू स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै संस्थाका आदरणीय संरक्षक श्री शम्भुजीत बाँस्काेटाज्यू को नेतृत्वमा प्रथम उपाध्यक्ष श्री हरि लम्साल, काेषाध्यक्ष श्री राजेश थापा तथा सदस्य श्री जेम्स प्रधानज्यू गरी चार जना पदाधिकारीहरुको समूहले उहाँ हाल बसोबास गर्दै आउनुभएको खुमलटार ललितपुर स्थित निवासमा पुगेर सम्मान हस्तान्तरण गरेको हो ।
पुनश्च: अहिले चलिरहेको महामारी हटेर स्थिति सम्पूर्ण रुपले सामान्य भैसके पछि विशेष सभा या कार्यक्रम मार्फत आजको सम्मानलाई थप औपचारिकता दिईने जानकारी गराईन्छ !
हामी सबैका श्रद्धेय श्री माणिक रत्न स्थापित ज्यू को सु-स्वास्थ्य एवम् दिर्घ जीवनको हार्दिक कामना गर्दछाैँ !!
हार्दिक धन्यवाद सहित,
संगीतकार संघ नेपाल
अनामनगर, काठ्माडौ ।
- - - - - - - - - - - - - - - - - - - - - - - - - - -
#ManikRatnaSthapit
#Ranjanalipi #Kutakshar
रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषताको बारे comment box मा राखेकोछु, ईच्छुकले हेर्न नबिर्सनु होला।
रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषतारञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।
Comments
Post a Comment