Raju Singh (Ranjana Lipi [Kutakshar Form])
it's an #anilsthapit design & photography'2021
।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि भर्सट्याइल सङ्गीतकार राजु सिंहज्यूको नाम लेखेकोछु ।
भलादमी अनि मिजासिलो स्वभावका राजु सिंह ३ दशकभन्दा बढी समयदेखि नेपाली गीतसङ्गीतलाई आफ्नो कर्म अनि धर्म मानी अविरल लागिपरेका छ्न् । नेपालकै साङ्गीतिक क्षेत्रमा notation लेख्न जान्ने र music conduct गर्नसक्ने एकदम थोरै मध्ये एक हुन् उनी । वाद्यवादकबाट सुरुवात गरि स्थापित सङ्गीतकारको पंक्तिमा सामेल हुनमा उनको अथक परिश्रमको नतिजा हो भने रचना सम्पादनमा पनि उत्तिकै दखल राख्छन् ।
#RajuSingh
#RanjanaLipi #Kutakshar
रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।
Comments
Post a Comment