Rajesh Payal Rai (Ranjana Lipi [Kutakshar])
it's an #anilsthapit design & photography'2021
।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि नेपाली सुगम सङ्गीत अनि चलचित्रका पार्श्व गायनमा अग्रपंक्तिमा रहेका बुलन्द आवाजका धनी गायक राजेशपायल राईज्यूको नाम लेखेकोछु ।
प्राय हरेक एल्बमको cover design का लागि फरक फरक Gateup अनि Hair style फेर्न रुचाउने राजेश पायल अनि मैले निरन्तर २० वर्षको अन्तरालमा १५ वटाभन्दा बढी एल्बमहरूको design अनि photoshoot गरि सहकार्य गरेकाछौं ।
मैले सहकार्य गरेका एल्बमहरू बैगुनी रै'छ मायालु, निगाह, जदौ भाग '१' '२' ३', कामना, दर्शन नमस्ते पार्ट '1' '2' '3', Rai is King, मुर्छना भाग "२', Made in Nepal, आसेवारो, गीतिसंग्रह (पुस्तक), MP3, VCD लगायत अन्य हुन् ।
#RajeshPayalRai
#RanjanaLipi #Kutakshar
रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषताको बारे comment box मा राखेकोछु, ईच्छुकले हेर्न नबिर्सनु होला।
रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।
Comments
Post a Comment