Suresh Kumar (Ranjana Katki[Kutakshar])


 it's an #anilsthapit design & photography'2021

।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।

                  देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि गायन, रचना अनि सङ्गीत तिनै विधामा उत्तिकै निपुण अद्वितीय कलाकार सुरेशकुमारज्यूको नाम लेखेकोछु ।  

                  सरल शब्दलाई मनछुने सुमधुर सङ्गीतमा आफ्नो महजस्तो मीठो आवाजमा प्रस्तुत गर्न पोख्त छन् सुरेशकुमार छेत्री । नेपाली सुगम सङ्गीत मन पराउने सबै श्रोताहरूको साथै प्राय सेलेब्रेटी गायक/गायिकाहरूको पनि मनपर्ने गायक हुन् वहाँ ।

                  उनको 'Love Songs', 'जिन्दगी', 'बन्धन', 'Miss You', अडियो एल्बमहरू तत्कालीन समयमा प्रत्येक क्यासेटहरू १ लाख ५० हजारभन्दा बढी बिक्री भएका थिए भने वहाँको दर्जनौं गीतहरू 'कालजयी' गीतहरू बनेका छन् । 

        

 मेरो व्यक्तिगत मत ।

                   हुन् त नेपाली गीतहरू ३० देखि ६० दशकसम्म कैयौं कालजयी गीतहरू बनें जसले मेरो मनमा गहिरो बास गरेका छन् ती मध्येपनि विशेष मैले श्रवण गर्ने नेपाली गीतहरूमा गायक नारायणगोपालज्यू, ओमविक्रम बिष्टज्यूपछि सुरेशकुमारका गीतहरूलाई म आजको दिनसम्मपनि निरन्तर सुन्छु ।

 #SureshKumar

 #RanjanaLipi  #Kutakshar


रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :

                लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।

१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top 

लेखिन्छन् ।

२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।

३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।


            'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।


youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।

Comments

Popular posts from this blog

Hari Banaha Acharya (Ranjana Lipi [Kutakahar])

karma Gyalchen Bomzan (Ranjana Lipi [Kutakahar])

Kamal Man Singh (Ranjana Lipi [Kutakahar])