Bhim Tuladhar (Ranjana Lip [Kutakshar Form])
it's an #anilsthapit design'2021
।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि'बाट वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि प्रख्यात पप गायक भिम तुलाधर (The Influence Band)ज्यूको नाम लेखेकोछु ।
(नेपाली पप गीत अनि प्रशंसक र कलाकार बिचको प्रत्यक्ष सम्बन्धको सुरुवात)
४० दशकको सुरुवातसम्म पनि प्रशंसक र गायकबिच भेटघाट न्यूननै थिए कारण प्राय कलाकारलाई रेडियोमा गीत बज्ने भएकोले अनुहारले नचिन्ने र भेट्ने सुविधा पनि न्यून थियो तथा त्यस्तो चलन पनि चलेको थिएन ।
४० दशकको मध्यतिर नेपालमा पप गीतको आगमन लगत्तै भिम तुलाधरको त्यो ताकाको लामो कपालको गेटअप र आकर्षक पर्सनालिटीको कारण र काठमाडौको मुटु असनमा अवस्थित आफ्नै क्यासेट पसल 'अन्नपूर्ण क्यासेट सेन्टर' संचालन भएको कारण उसको गीत पप एल्बम 'The Influence - जिजीविषा' क्यासेट अपार बिक्री हुनु र नेपाल टेलिभिजनमा 'अँगालो अँगालोमा' लगायतका अन्य गीत सुपर हिट हुना साथ भेट्न/हेर्न सहज भएकोले प्रशंसकहरू उसको सम्पर्कमा आउने क्रम तिव्र भएको थियो ।
नेपाली सङ्गीत क्षेत्रमा ' प्रशंसक र कलाकार ' को प्रत्यक्ष सम्बन्ध फस्टाउन भिम तुलाधरबाट नै व्यापक रूपमा सुरुवात भएको हो भन्दा अनुचित नहोला ।
सन् 1955 मा संयुक्त राज्य संघमा नेपालको आफ्नो मौलिक लिपिको आधिकारिक रूपमा दर्ता भएको 'रञ्जना लिपि' (विश्वकै सुन्दर अनि आकर्षक केही लिपीहरू मध्ये एक) को 'कुताक्षर' संरचनामा 'सम्मान' स्वरूप श्रष्टा/प्रस्तोताहरूका नाम लेखेर यो साल 2021 को प्रत्येक शुक्रवार राख्ने निधो अनुसार आजपनि राखेकोछु ।
'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top ले।खिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक-एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
#BhimTuladhar
Comments
Post a Comment