Bhakta Raj Acharya (Ranjana Lipi [?Kutakshar])


 it's an #anilsthapit design'2021

।। लिपि मोह र देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।

                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि'बाट वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि 'भजनशिरोमणि' श्रद्धेय भक्तराज आचार्यज्यूको नाम लेखेकोछु ।

            

                    सन् 1955 मा संयुक्त राज्य संघमा नेपालको आफ्नो मौलिक लिपिको आधिकारिक रूपमा दर्ता भएको 'रञ्जना लिपि' (विश्वकै सुन्दर अनि आकर्षक केही लिपीहरू मध्ये एक) को 'कुताक्षर' संरचनामा 'सम्मान' स्वरूप श्रष्टा/प्रस्तोता)हरूका नाम लेखेर यो साल 2021 को प्रत्येक शुक्रवार राख्ने निधो अनुसार आजपनि राखेकोछु ।

                     

'कूताक्षर' संरचनाको विशेषता :

                लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।

१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top लेखिन्छन् ।

२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।

                  'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।

#BhaktaRajAcharya

Comments

Popular posts from this blog

Hari Banaha Acharya (Ranjana Lipi [Kutakahar])

Aruna Lama (Ranjana Lipi [Kutakahar])

karma Gyalchen Bomzan (Ranjana Lipi [Kutakahar])