Satya Mohan Joshi [Ranjana Lipi (Kutakshar)] anil athapit
it's an #anilsthapit design'2021
।। लिपि मोह र देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।
देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि'बाट वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि
'वाङ्मय शताब्दीपुरुष' संस्कृतिविद/अन्वेषक/लेखक श्रद्वेय डा. सत्यमोहन जोशी (Living Legend)ज्यूको नाम लेखेकोछु ।
वहाँ साहित्यमा नेपालको सबैभन्दा प्रतिष्ठित 'मदन पुरस्कार' ३ पटक प्राप्त गर्ने पहिलो व्यक्ति हुनुहुन्छ, हालसम्म अरूले यो रेकर्ड तोड्न सकेको छैन् । वि.सं.२०१३ सालबाट सुरू गरिएको 'मदन पुरस्कार' त्यहि वर्ष 'हाम्रो लोक संस्कृति', २०१७ सालमा 'नेपाली राष्ट्रिय मुद्रा' र २०२८ सालमा 'कर्णाली लोक संस्कृति'को लागि पाउनु भएको हो ।
वि.सं.२०७६ सालमा नेपाल राष्ट्र बैंकले वहाँको १००औं जन्मोत्सवको उपलक्ष्यमा वहाँकोअनुहार अंकित रू.१००/-, १०००/- र २५००/- को सिक्का प्रकाशनमा ल्याएको थियो ।
हाल वहाँ १०१ वर्षको हुनुहुन्छ ।
सन् 1955 मा संयुक्त राज्य संघमा नेपालको आफ्नो मौलिक लिपिको आधिकारिक रूपमा दर्ता भएको 'रञ्जना लिपि' (विश्वकै सुन्दर अनि आकर्षक केही लिपीहरू मध्ये एक) को 'कुताक्षर' संरचनामा 'सम्मान' स्वरूप श्रष्टा/प्रस्तोता)हरूका नाम लेखेर यो साल 2021 को प्रत्येक शुक्रवार राख्ने निधो अनुसार आजपनि राखेकोछु ।
'कूताक्षर' संरचनाको विशेषता :
लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।
#SatyaMohanJoshi
#LivingLegend
Comments
Post a Comment